अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । आज अर्थात् कात्तिक ४ गते अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि भोलि अर्थात् कात्तिक ५ गते बुक क्लोज गर्ने भएको छ । सोही कारण आजसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले यो वर्षका लागि आफ्ना सेयरधनीलाई ३.१५७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१५७ प्रतिशत नगद लाभांश दिने भएको हो ।
सोही लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत आव २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, चालु आव २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डामा छलफल गरि पारित हुनेछ ।
सोही सभामा लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेण्टि दिने प्रस्ताव पनि पारित हुने छ । यसका साथै नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्तावहरु पारित हुनेछन् ।













