सगरमाथा जलविद्युतको लाभांश घोषणा, साधारणसभा पनि आह्वान - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सगरमाथा जलविद्युतको लाभांश घोषणा, साधारणसभा पनि आह्वान



काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीले प्रस्तावित लाभांश पािरत गर्न साधारणसभा पनि बोलाएको छ । कम्पनीको सभा आगामी मंसिर १४ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

सभामा गत आर्थिक वर्षको वासलात,नाफा नोक्सान हिसाब तथा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत चालु आर्थिक वर्षका लागि लेखापरीक्षको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कमपनीले कात्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्