ग्लोबल एजुकेसन पार्टनर्स मिट २०२४, सम्पन्न - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

ग्लोबल एजुकेसन पार्टनर्स मिट २०२४, सम्पन्न



काठमाडौं । ग्लोबल एजुकेसन पार्टनर्स मिट २०२४ काठमाडौंको हयात रिजेन्सीमा बुधवार भव्य सफलताका साथ सम्पन्न भएको छ।

नेपालको उच्च शिक्षा क्षेत्रलाई रुपान्तरण गर्ने दिशामा यस मिट एक कोशे ढुंगा सावित बताइन्छ। यस कार्यक्रममा ३०० भन्दा बढी शैक्षिक जगतका साझेदार, विज्ञ, वुद्धिजीवी र अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागीता थियो । कार्यक्रममा नेपालको शैक्षिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने दृढ प्रतिबद्धता व्यक्त भएको थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल एजुकेसनका प्रमुख कार्यकारी अधिकृत डा.विश्वजीत राणाले ग्लोबल एजुकेसन को बृहत विश्वव्यापी सञ्जाल मार्फत नेपालको उच्च शिक्षा विकासलाई निरन्तर नँया उचाई पुर्याउने आफ्नो दूरगामी सोच रहेको बताए ।

ग्लोबल एजुकेसन ले दुबई, माल्टा, फ्रान्स, जर्मनी, अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूमा नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा र रोजगारीका अवसरहरू प्रदान गरिरहेको छ। डा.राणाले ग्लोबल एजुकेसन आफ्नो “शिक्षामार्फत जीवन परिवर्तन” गर्ने लक्ष्य अनुरुप नेपालका विभिन्न सहरहरूमा शैक्षिक पहुँच विस्तार गर्न दृढताका साथ अगाडि बढिरहेको पनि जानकारी दिए।

उनका अनुसार ग्लोबल एजुकेसनका विश्वभरी रहेका १२ क्याम्पसहरूमा प्रदान गरिने शैक्षिक कार्यक्रमहरूबाट हालसम्म ६०,००० भन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन र यीमध्ये नेपाली विद्यार्थी भाषित हरूलाई विदेशमा गुणस्तरीय शिक्षा र विविध सांस्कृतिक अनुभवहरू हासिल गर्न मद्दत मिलिरहेको छ।

त्यसैगरी, ग्लोबल एजुकेसन को सार्क क्षेत्र प्रमुख कुबेर कपूरले यो कार्यक्रमलाई “अपूर्व सफलता”को रुपमा परिभाषित गर्दै ग्लोबल एजुकेसनयसका नेपालस्थित साझेदार र अन्य सम्वद्ध निकायहरुसँग सहकार्य एवं समन्वय गरी नेपाली विद्यार्थीहरूलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय शिक्षाको पहुँच गराउने प्रतिबद्धता व्यक्त गरे । उनले ग्लोबल एजुकेसनका विश्वभर रहेका उत्कृष्ट क्याम्पसहरूले नेपाली विद्यार्थीहरूको लागि उच्च शिक्षा प्राप्त गर्न मार्ग खुला गर्ने कुरा पनि बताए।

पार्टनर्स मिटमा नेपाल शैक्षिक परामर्श संघ इक्यान का अध्यक्ष शेषराज भट्टराई , स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फेकन को गण्डकी प्रदेश समिति अध्यक्ष सञ्जय सुवेदी , इक्यान पूर्वअध्यक्ष बिष्णु हरि पाण्डे र प्रकाश पाण्डे ले पनि उपस्थिति जनाएका थिए।

कार्यक्रममा ग्लोबल एजुकेसन ले आफ्नो लक्ष्य प्राप्ति तर्फको यात्रामा सक्रिय सहयोग गर्ने नेपालका उत्कृष्ट साझेदारहरूलाई सम्मान गरेको थियो।
ग्लोबल एजुकेसन पार्टनर्स मिट २०२४ नेपालमा हालसम्म आयोजित सबैभन्दा ठूलो शैक्षिक कार्यक्रम हो। यो नेपालको उच्च शिक्षा क्षेत्रलाई रुपान्तरण गर्ने दिशामा यस मिट एक कोशे ढुंगा सावित भएको बताइन्छ।


प्रतिक्रिया दिनुहोस्