युनिलिभर नेपालले पठायो सेयरधनीको खातामा नगद लाभांश
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ ।कम्पनीले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो ।
कम्पनीले कात्तिक १२ गतेबाट नै लाभांश खातामा पठाउन सुरु गरेको जनाएको छ । यो वर्ष आफ्ना सेयरधनीलाई १७१४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।
सोही लाभांश गत कात्तिक १२ गते साधारण सभाबाट पारित भएसँगै कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा पठाएको छ ।
कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । तर, भौतिक रुपमा कायम रहेका सेयरधनीहरुलाई प्रतिफल रकम लाभांश पूर्जा मार्फत वितरण गरिने जनाएको छ । यसका लागि कायम ठेगानामा कुरियर (९८५१००९०१७) मार्फत लाभांश चेक पाठइने सूचनामा उल्लेख छ ।













