मन्दाकिनी हाइड्रोपावरको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मन्दाकिनी हाइड्रोपावरको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?



काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले कात्तिक २८ गते बुधवार बुक क्लोज गर्ने भएको हो । त्यसकारण कात्तिक २७ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश पाउनेछन् ।

कम्पनीले यो वर्ष ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सोही प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाउन कम्पनीले आगामी मंसिर ७ गते साधारण सभा बोलाएको छ ।

सभामा बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीबाट १ः१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल गरि पारित हुने छ । सोही सभाले चालु आव २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्