सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज (कात्तिक २५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्दैछ।
त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले गत आर्थिक वर्षका लागि हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर १४ गते साधारणसभा बोलाएको छ । कम्पनीको सभा स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ।













