अरुण भ्याली हाइड्रोपावरको नाफामा उछाल
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म उल्लेख्य नाफा कमाएको छ । यो अवधिसम्म कम्पनीको खुद नाफा ७२०.५३ प्रतिशतले बढेर ११ करोड ३२ लाख रुपैयाँ पुगेको छ । । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो । यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७ करोड ७४ लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८५.५७ प्रतिशत बढी हो ।
कम्पनीको अन्य आम्दानी २५.६१ प्रतिशत बढेर ११ करोड २१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको खर्च भने समीक्षा अवधिमा ४३.६३ प्रतिशत घटेर ३ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १२ पैसा रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८४ गुणा रहेको छ।
३ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने २५ करोड ५२ लाख रुपैयाँ रहेको छ।













