साहस ऊर्जाको नाफा ४० करोड बढी, अन्य सूचक कस्ता छन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साहस ऊर्जाको नाफा ४० करोड बढी, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थीक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १६.०७ प्रतिशतले बढेको देखिन्छ । गत वर्ष यसको सोही अवधिमा कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८६ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त आम्दानी ८९ करोड ३३ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रशासनिक खर्च भने २ करोड ५९ लाख रुपैयाँबाट घटेर १ करोड ८३ लाख रुपैयाँ र वित्त खर्च पनि ३२ करोड ८९ लाख रुपैयाँबाट घटेर २३ करोड ४० लाख रुपैयाँमा झरेको छ ।

३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ९६ करोड जम्मा रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४५.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०३.४५ रुपैयाँ, पीई रेसियो १०.६० गुणा र तरलता अनुपात ०.४५ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्