यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । मन्दाकिनी हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (कात्तिक २७ गते) अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २८ गते बुकक्लोज गर्दैछन्।

त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्।

मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न मंसिर ७ गते, शुक्रबार एघारौँ वार्षिक साधारणसभा बोलाएको छ।

त्यस्तै, विन्ध्यबासीनी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले मंसिर ६ गते आठौँ वार्षिक साधारणसभा बोलाएको छ।


प्रतिक्रिया दिनुहोस्