झनै बिग्रियो बुद्धभुमी हाईड्रोपावरको वित्तीय अवस्था, १ करोड १३ लाख रुपैयाँ घाटा
काठमाडौं । बुद्धभुमी नेपाल हाईड्रोपावरको वित्तीय अवस्था झन् बिग्रिँदै गएको छ । कम्पनीको नोक्सानी झनै बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म ४९ लाख ४९ हजार रुपैयाँ घाटामा थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै घाटा झनै चुलिएको हो । सो अवधिसम्म कम्पनीले बिजुली बेचेर ४ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको वित्त खर्च ३ करोड ३५ लाख रुपैयाँबाट बढेर ३ करोड ७३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रशासनिक खर्च ३९ लाख ४६ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ५४ लाख रुपैयाँले ऋणात्मक छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.३७ रुपैयाँले ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८४.४५ रुपैयाँ रहेको छ ।













