युनाइटेड इदी मर्दीको लाभांश घोषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

युनाइटेड इदी मर्दीको लाभांश घोषणा



काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले बोनस सेयर जारीपश्चात कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण तथा हकप्रद जारी गरिनेछ।


प्रतिक्रिया दिनुहोस्