बिना लाभांश सामलिङ्ग पावरले डाक्यो साधारण सभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बिना लाभांश सामलिङ्ग पावरले डाक्यो साधारण सभा



काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले आउँदो पुस २ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल गरि पारित हुनेछ ।

सोही सभाले चालु आव २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्