छुट्ला है सोल्टी होटलको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

छुट्ला है सोल्टी होटलको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ । त्यसकारण बुधवारसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र कम्पनीको सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसिहत २६.८४२१ प्रतिशत नगद लाभांश दिन भएको छ । सो प्रस्तावित लाभांश कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्