सूर्यज्योति लाइफको लाभांश घोषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सूर्यज्योति लाइफको लाभांश घोषणा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्