माउनटेन इनर्जी नेपालको लाभांश घोषणा, बोनस र नगद कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

माउनटेन इनर्जी नेपालको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । माउनटेन इनर्जी नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १७ गते सोमबार बसेको संचालक समितिको बैठकले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त लाभांश अब विद्युत नियमन आयोगको स्वीकृति पछि आगामी पुस २८ गते हुने कम्पनीको वार्षिक साधारण सभाले पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्