तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कसले कति दिँदैछन् बोनस र नगद ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कसले कति दिँदैछन् बोनस र नगद ?



काठमाडौं । आज तीन वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सूर्यज्योति र एनआरएनले भोली अर्थात मंसिर २१ गते बुकक्लोज गर्दैछन् । यता, फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते आइतबार बुक क्लोज गर्ने भएको छ । सोही अनुसार आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र कम्पनीहरुको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।

एनआरएन इन्फ्रास्ट्रक्चरले यो वर्ष चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर दिने घोषण गरेको छ । सूर्यज्योति लाइफले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

यता, फर्स्ट माइक्रोफाइनान्सले ९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ।


प्रतिक्रिया दिनुहोस्