सानिमा माई हाइड्रोपावरले लाभांश घोषणा
काठमाडौं । सानिमा माई हाइड्रोपावरले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।
नेपाल विद्युत प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ ।
लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा डाकेको छ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने भएको छ ।













