आज कति छ सुनचाँदीको मूल्य ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज कति छ सुनचाँदीको मूल्य ?



काठमाडौं । लगातार दुई दिन बढेको सुनको मूल्य आज स्थिर छ । गत मंगलबार र बुधवार दुई दिनमै ४ हजार १०० रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छ । बुधवार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो ।

साताको पाँचौं कारोबार दिन चाँदीको मूल्य पनि स्थिर छ । बुधवार १ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच हुनेछ ।


प्रतिक्रिया दिनुहोस्