भारतमा पेट्रोलमा मिसाइने इथानोलको अनुपात २० बाट घटाएर १५ प्रतिशत किन गरिँदै छ ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भारतमा पेट्रोलमा मिसाइने इथानोलको अनुपात २० बाट घटाएर १५ प्रतिशत किन गरिँदै छ ?



काठमाडौँ । भारतले पेट्रोलमा इथानोल मिसाउने अनुपातलाई २० प्रतिशतबाट घटाएर १८ प्रतिशत कायम गर्ने भएको छ । भारत स्टेज ६ (बीएस सिक्स) भन्दा पहिलाका अधिकांश सवारी साधनले इथानोलको २० प्रतिशत मीश्रणलाई थेग्न नसक्ने देखिएपछि सरकारले अनुपात घटाउन लागेको हो ।

भारतले प्रदूषण र जलवायु परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको खनिज इन्धनको उपयोगिता घटाउन यसअघि पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्य अघि सारेको थियो । तर त्यसो गर्दा सवारी साधनको इन्धन प्रणालीहरु नोक्सान (ड्यामेज) हुनसक्ने र माइलेज (इन्धनको प्रभावकारीता) घट्ने देखिएपछि यो अनुपात कम गर्न लागिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

बढी अनुपातमा इथानोल मिसाउँदा यसले पुराना सवारी साधनको इञ्जिनमा समेत नकारात्मक प्रभाव पर्नसक्ने देखिए पछि धेरैले सरकारको यस नीतिको विरोध गरेका थिए । त्यसपछि विभिन्न सरोकारवाला निकाय र मन्त्रालयहरुले यसबारेमा चिन्ता र बहस शुरु गरेको द हिन्दुको आर्थिक विशिष्टाङ्क विजनेशलाइनले लेखेको छ ।

नेपालमा भने वर्षौँदेखि पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने विषयमा चर्चा हुँदै आएको छ । तर अहिलेसम्म यो चर्चाले मूर्त रुप लिन सकेको छैन । अझै पनि लामो समय यस विषयले कुनै निचोडको परिणाम पाउने संभावना देखिँदैन ।


प्रतिक्रिया दिनुहोस्