घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । यसदिन सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ६५ अंकले घटेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।













