मेनुका कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्यसमिति निर्वाचित
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिक साधारण सभा तथा सातौं महासभाले नयाँ कार्यसमिति चयन गरेको छ । मंसिर २९ गते (शनिबार) सम्पन्न निर्वाचनले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन् । यसैगरि महासचिवमा निकेश खत्री, सचिवमा राजाराम न्यौपाने र कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् ।
यस्तै, सदस्यमा अनिश मिजार, अनुप आचार्य, चित्रराज भण्डारी र शुक्र गिरी बिजयी भएका छन् ।













