महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको आज (पुस १ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निणर्य गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर तथा ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।












