धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । धौलागिरी लघुवित्तले सेयरधनीलाई निराश बनाएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। सो बैठकले सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।












