चिलिमे जलविद्युतले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।
कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।













