थप चार कम्पनीको लाभांश घोषणा, कसले कति दिने भए बोनस र नगद ?
काठमाडौं । बुधवार एकैदिन चार कम्पनीको लाभांश घोषणा भएको छ । उक्त दिन दुई विकास बैंकसहित चार वटा कम्पनीले लाभांश घोषणा गरेका हुन् ।
सांग्रिला डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट, नेष्डो समृद्धि र नेपाल फाइनान्सले लाभांश घोषणा गरेका छन् ।
सांग्रिलाले गत आर्थिक वर्षको मुनाफाबाट ३.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंकले यो वर्ष ३.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१९ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यता, ग्रीन डेभलपमेन्टले पनि आफ्ना सेयरधनीलाई ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३०२७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
यस्तै, गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंकले यो वर्ष १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
तर, नेपाल फाइनान्सले भने यो वर्ष कुनै पनि लाभांश नबाँड्ने निर्णय भएको छ । कम्पनीले यो वर्ष पनि सेयरधनी निराश बनाएको हो ।













