लाभांश प्रस्तावसहित बुटवल पावरले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?
काठमाडौं । बुटवल पावर कम्पनीले लाभांश प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीको ३२ औँ वार्षिक साधारणसभा आगामी पुस २८ गते, आइतबार, कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभाले तल्लो मनाङ मर्स्याङदी जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र लोअर मनाङ मर्स्याङदी हाइड्रोपावर कम्पनी प्रा.लि. मा हस्तान्तरण गर्ने, चिनोखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र चिनो हाइड्रोपावर लिमिटेडमा हस्तान्तरण गर्ने, धितोपत्रको थप सार्वजनिक निष्काशनको जानकारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्नेछ । यसर्थ, पुस १७ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।













