एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

कम्पनीले गत मंसिर ११ गतेदेखि हाल कायम चुक्ता पुँजीको ६२.५६ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । सोही हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले १० कित्ता सेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गरेको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ छ । हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात भने २ अर्ब ५० करोड २६ लाख पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्