सोल्टी होटलको लाभांश सेयरधनीको खातामा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सोल्टी होटलको लाभांश सेयरधनीको खातामा



काठमाडौं । सोल्टी होटलले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ ।

सोल्टीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।

कम्पनीको पुस ४ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट २६.८४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश होटलले सेयरधनीलाई पठाएको हो ।


प्रतिक्रिया दिनुहोस्