आज कति छ सुनचाँदीको भाउ ?
काठमाडौं । सुनको भाउ स्थिर छ । आइतबार छापावाला सुनको भाउ १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन अर्थात् गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ ।
साताको पहिलो कारोबार दिन चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको हो । गत शुक्रबार १ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ हजार ९१० रुपैयाँ कायम भएको छ ।













