४ आश्विन २०८३, आइतबार

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ ३० गते अर्थात भोलीदेखि फागुन १३ गतेसम्म बुकक्लोज गर्दैछ।

त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव पारित गर्न फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रीय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।