नेप्सेको सीईओका लागि आवेदन दिने समय ७ दिन लम्बियो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने समय लम्बिएको छ । समय थप भएसँग अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन दिने म्याद ७ दिन थप गरेको हो ।
यसअघि समितिले फागुन १८ गतेसम्म सीईओ पदका लागि आवेदन माग गरेको थियो । तर, उक्त समयमा तीन दिन सार्वजिनक बिदा परेको कारण समय थप गरिएको सिफारिस समितिले जनाएको छ ।
इच्छुक नेपाली नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।















