२२ कार्तिक २०८३, आइतबार

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता



काठमाडौं । समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता भएको छ । सर्लाहीको मलंगवामा रहेको समाज लघुवित्त र रुपन्देहीको बुटवलमा रहेको ग्रामीण विकास लघुवित्त मर्जर जान फागुन १७ गते समझदारीपत्रमा हस्ताक्षर भइसकेको हो ।

हस्ताक्षरसँगै दुवै लघुवित्तले आवश्यक प्रक्रिया थाल्नेछन् । कुन कम्पनी कति सेयर स्वाप रेसियोमा मर्जर हुने भनेर सूचनामा खुलाइएको छैन ।