सहकारी ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडाैं । काठमाडाैं जिल्ला अदालतबाट सहकारी ठगी सम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका श्याम श्रेष्ठ भन्ने सोम प्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।
चितवन भरतपुर महानगरपालिका वडा नं २१ रंगिला घर भई हाल जिल्ला काठमाण्डौ वडा नं २९ घट्टेकुलो बस्ने ६३ वर्षिय श्रेष्ठलाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त सिंहदरबार काठमाण्डौमा पठाईएको प्रहरीले जनाएको छ ।
श्रेष्ठ हिराखुशी बचत तथा ऋण सहकारी संस्था मैतिदेविको संञ्चालक समितिको अध्यक्ष हुन् ।















