नेप्से सीईओको सर्टलिस्टमा परेका पाँच उम्मेदवारले दिए अन्तर्वार्ता
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका पाँच जनाले अन्तर्वार्ता तथा व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन् ।
सर्टलिस्टमा परेका पाँच उम्मेदवारहरू चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालले व्यावसायिक कार्य योजना प्रस्तुत गरेका हुन् ।
उनीहरू अर्थ मन्त्रालयमा उपस्थित भई आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् ।
प्सेको सीईओ छनोटका लागि मन्त्रालयले फागुन ११ गते सेवन्तक पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।
अब सिफारिस समितिले अन्तर्वार्ता तथा कार्यायोजना उत्कृष्टताका आधारमा तीन जनाको नाम सिफारिस गर्नेछ । सिफारिस तीन नाममध्ये मन्त्रिपरिषद बैठकले एक जनालाई सीईओ बनाउनेछ ।















