२२ कार्तिक २०८३, आइतबार

रवि सिंहको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघको तदर्थ समिति गठन




काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रहेका रवि सिंहको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपालको तदर्थ समिति गठन भएको छ ।

राजधानीमा सोमवार सम्पन्न नेपाली कांग्रेस आबद्ध निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलाले सिंहको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । समितिको सह-संयोजकमा प्रकाशबहादुर सेठी र राजेन्द्र पहारी रहेका छन्र । समितिको सदस्यहरूमा रमेश दाहाल, शम्भु ठाकुर, शान्तकुमार श्रेष्ठ, ऋषिराम अधिकारी, रुद्र शर्मा, भरत कुमार डाँगी, लक्ष्मण स्वाँर र मोहन कुमारी कालिकोटे रहेका छन्र ।

नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागको आयोजनामा आयोजित भेलाको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका हुन्र । नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागका संयोजक मदनबहादुर अमात्यको सभापतित्वमा सम्पन्न भेलामा ६ सय भन्दा बढी निर्माण व्यवसायीहरूको सहभागिता रहेको विभागका सदस्य सचिव ईन्जिनियर आङ दोर्जी लामा (ए.डी) ले जानकारी दिए ।

भेलाले आगामी ६ महिना भित्रमा ७७ वटा जिल्ला र ७ वटा प्रदेशमै संगठन विस्तर गर्ने निर्णय गरेको छ । साथै संघको विधान तयार गरी नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपाल (नेपालि.काङग्रेस) दर्ता गरिने निर्णय पनि भेलाले गरेको छ ।