२२ कार्तिक २०८३, आइतबार

विद्युत प्राधिकरणमा फेरिए प्रवक्ता, राजाभाईले पाए जिम्मेवारी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा प्रवक्ताको जिम्मेवारी हेरफेर भएको छ । हाल प्राधिकरणको प्रवक्तामा चन्दन घोष रहेका थिए ।

तर, अब उक्त जिम्मेवारीमा राजाभाई शिल्पकारले सम्हाल्नेछन् । प्राधिकरणको प्रबन्ध निर्देशकमा हालै मात्र हितेन्द्र देव शाक्य नियुक्ति भएका छन् । नवनियुक्त निर्देशक शाक्यले प्रवक्ताको जिम्मेवारी समेत हेरफेर गरेका हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको थियो ।