२२ कार्तिक २०८३, आइतबार

सुनुवाइ नसकिएपछि कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रहेको रिटमाथिको सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो ।