१० कार्तिक २०८३, मंगलबार

विन नेपाल लघुवित्तको एफपिओ आजेदेखि निष्कासन, कति र कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ आजदेखि निष्काशन तथा बिक्री खुला भएको छ।

कम्पनीले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त एफपिओ खरिदका लागि लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा भने आगामी २०८२ बैशाख ४ गतेसम्म दिने सकिने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ । एफपीओ निष्काशन पश्चात भने ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ ।