फरार दुर्गा प्रसाईं भारतमा पक्राउ
काठमाडौं । राजावादी आन्दाेलनमा वितण्डा मच्चाएर फरार रहेका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
गत चैत्र १५ गते राजावादी समुहले गरेकाे आन्दाेलनलाई हिंसात्मक बनाएर फरार रहेका प्रसाईँ भारतको असाम राज्यबाट पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।















