दुई कम्पनीको सेयर मूल्यमा उछाल, आज क–कसको मूल्य बढ्यो ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दुई कम्पनीको सेयर मूल्यमा उछाल, आज क–कसको मूल्य बढ्यो ?



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आइतबार कम्पनीको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो ।

आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४०.२० रुपैयाँ वृद्धि भई ४४२.४० रुपैयाँ कायम भएको छ ।

साताको पहिलो कारोबार दिन क्रेष्ट माइक्रो लाइफको सेयर भाउ पनि ९.९८ प्रतिशत अर्थात् ३३.२० रुपैयाँ बढेर ३६५.९० रुपैयाँ पुगेको छ।

आज यी दुई कम्पनीसहित त्रिशुली जलविद्युत कम्पनी, एनआइबिएल स्टेबल फन्ड, राधी विद्युत लगायतका लगानीकर्ताले कमाएका छन् । आज ८८ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ।


प्रतिक्रिया दिनुहोस्