२२ कार्तिक २०८३, आइतबार

रवि लामिछानेको मुद्दा : थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग



काठमाडौं । रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । अदालतले लामिछानेको थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदनमा माग गरको हो ।

आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश जारी भएको हो ।

सुप्रिम सहकारीमा बचत अपचलन गरेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर, उक्त आदेश विरुद्ध भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले सर्वोच्च अदालतमा दायर गरेका थिए ।