७ श्रावण २०८३, बिहिबार

नेपाल माइक्रो इन्स्योरेन्सले कस्तो निकाल्यो वित्तीय विवरण ? यस्ता छन् मुख्य सूचकहरु



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको नाफामा भारी गिरावट आएको छ । कम्पनीको नाफा ८० प्रतिशत घटेको छ ।

कम्पनीले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीले २४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, चालु आवको सोही अवधिमा भने ४ लाख ८१ हजार रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने ६०५.७४ प्रतिशत बढेर ५ करोड ४६ लाख ६७ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको दावी भुक्तानी पनि ५१३.२७ प्रतिशत बढेर २ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १३०.७५ प्रतिशत वृद्धि भएको छ । ९ महिनामा कम्पनीको यस्तो आम्दानी ११ करोड ५९ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा भने ५ करोड २ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

यता, खर्च भने १४६.२९ प्रतिशत वृद्धि भई ११ करोड ५२ लाख ६९ हजार रुपैयाँ कायम भएको छ । यसरी आम्दानीको तुलनामा खर्च ज्यादा बढेकाले नै कम्पनीको नाफामा प्रभावित भएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ छ । कम्पनीले विशेष जगेडा कोषमा २६ लाख, महाविपत्ति कोषमा २ लाख ६७ हजार रुपैयाँ राखेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी ०.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्