अघाेषित लाेडसेडिङ बन्द गर्न कार्यकारी निर्देशक शाक्यलाई ९ बुँदे ज्ञापन पत्र - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अघाेषित लाेडसेडिङ बन्द गर्न कार्यकारी निर्देशक शाक्यलाई ९ बुँदे ज्ञापन पत्र



काठमाडौं। अघाेषित लाेडसेडिङ बन्द गर्न नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौँ जिल्ला कमिटीले प्राधिकरणलाई ज्ञापन पत्र बुझाएकाे छ ।

कमिटीले बुधबार साँझ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भेटेर निजीकरण गर्ने षड्यन्त्रविरुद्ध नौ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

साे पत्रमा जनताका अनुसार नेपालको ऊर्जा क्षेत्रमा बिचौलियाहरूको प्रवेशलाई सहज हुने गरी बनाइएका नीति नियमहरू खारेज गर्नुपर्ने,अघोषित लोडसेडिङ गर्ने कार्य तुरुन्त बन्द गर्नुपर्ने, तत्काल बक्यौता महसुस असुली गरी ऋण लिने काम बन्द गर्नुपर्ने, प्राधिकरणमा हुने राजनीतिकरण बन्द गर्नुपर्ने, बिद्युतकाे महसुल बढाउने कार्य बन्दगरि सर्वसाधारण नागरिकलाइ शुलभ महशुलकाे व्यवस्था हुनपर्ने लगायतका कुराहरू उल्लेख छन् ।


प्रतिक्रिया दिनुहोस्