१ कार्तिक २०८३, आइतबार

नेपाल इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा चन्द्र सिंह साउद



काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा चन्द्र सिंह साउद सर्वसम्मत चयन भएका छन्।

कम्पनीको २०८२ साल जेठ १२ गते बसेको सञ्चालक समितिको १३औं बैठक (आर्थिक वर्ष २०८१/८२ अनुसार) ले उक्त निर्णय गरेको हो।

सञ्चालक समितिको अध्यक्षका रूपमा साउदले कम्पनीको रणनीतिक दिशा निर्धारण, सुशासन प्रवर्द्धन तथा संस्थागत स्थायित्वमा नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले उक्त निर्णय सार्वजनिक गर्दै साउदको नियुक्तिबारे जानकारी गराएको छ।