रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने



काठमाडाैं । सरकारले रासायानिक मलमा अनुदानका लागि रु २८ अर्ब ८२ करोड विनियोजन गरेकाे छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहिबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याउने बताएका छन् ।

यस्तै अर्थमन्त्री पौडेलले लगानी बोर्ड मार्फत रासायानिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने बताए।

यस्तै माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि रु ४० करोड विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस्