हिमालयन बैंकले जेष्ठ २६ गतेदेखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन बैंकले जेष्ठ २६ गतेदेखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा



काठमाडौं । हिमालयन बैंकले नजिक भएका शाखा सञ्जालहरु मध्ये गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने लम्जुङ्गबाट जेष्ठ २६ गतेदेखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ्गले बैंकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका हुन्।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटिएम, ८,००० भन्दा बढी टर्मिनलहरू र १५ हजार भन्दाबढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्