असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै हिम स्टार उर्जा कम्पनी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै हिम स्टार उर्जा कम्पनी



काठमाडाैं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आगामी असार २४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्काशन गर्न लागेको छ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट भइसकेको छ।

कम्पनीलाई ३७ करोड ३० लाख रुपैयाँ बराबरको जारी पूँजीको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरका ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्काशन गर्न नियामक निकायबाट स्वीकृति प्राप्त भएको थियो।

यसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि र ९३ हजार २५० कित्ता विदेशमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको हो।

अब कम्पनीले १८ हजार ६५० कित्ता शेयर आफ्ना कर्मचारीहरूका लागि र ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याएर बाँकी रहेका ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन छिटोमा असार २७ गते बन्द हुनेछ भने ढिलोमा साउन ६ गतेसम्म खुला रहनेछ।

आईपीओ निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।


प्रतिक्रिया दिनुहोस्