माबिलुङ्ग इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

माबिलुङ्ग इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला



काठमाडाैं । माबिलुङ्ग इनर्जी लिमिटेडले आज असार २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ।

कम्पनीले आफ्नो ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको जारी पूँजीमध्ये ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशनको अनुमति पाएको हो। यस अन्तर्गत आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरका ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर खुला गरिएको छ।

यस शेयरका लागि संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिका वडा नम्बर २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँ बराबरको १ लाख ५० हजार ४७१ कित्ता शेयर छुट्याइएको छ, जसको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ आवेदन साउन ४ गते छिटोमा बन्द हुनेछ भने ढिलोमा साउन १९ गतेसम्म खुला हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन ४ गतेभित्र आवेदन दिनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्