पिपुल्स पावरको ५० प्रतिशत हकप्रद शेयर आजदेखि बिक्री खुला - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पिपुल्स पावरको ५० प्रतिशत हकप्रद शेयर आजदेखि बिक्री खुला



काठमाडाैं । पिपुल्स पावर लिमिटेडले आज (असार २२ गते) देखि हकप्रद शेयर निष्काशन र बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बराबर हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार, कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्नेछ। सोही अनुसार, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३१ लाख ६३ हजार कित्ता शेयर निष्काशन गरिनेछ, जसको कुल रकम ३१ करोड ६३ लाख रुपैयाँ हुनेछ।

हकप्रद शेयर निष्काशनको लागि कम्पनीले असार २ गते बुकक्लोज गरिसकेको छ। त्यसअन्तर्गत असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। यो हकप्रद शेयरमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ।


प्रतिक्रिया दिनुहोस्