१ आश्विन २०८३, बिहिबार

कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४० हजार ३३० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले (असार २३ गते) ३५ दिनभित्र दिन सक्नेछन् ।

आवेदन बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा दिनुपर्नेछ । तोकिएको उक्त अवधिमा विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा भने अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।